बाढी पहिरोमा मृत्यु भएकाकाे परिवारलाई एक लाख राहत दिने कोशी सरकारको निर्णय – Nepal Press

बाढी पहिरोमा मृत्यु भएकाकाे परिवारलाई एक लाख राहत दिने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने गर्ने निर्णय गरेको बताए । उनले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने बताए ।

कोशी प्रदेशमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *