अखिल क्रान्तिकारीमा उमेर हदमाथि मतदान गराउने माओवादी पदाधिकारी बैठकको निर्णय, तीन चरणको चुनाव हुने सम्भावना – Nepal Press

अखिल क्रान्तिकारीमा उमेर हदमाथि मतदान गराउने माओवादी पदाधिकारी बैठकको निर्णय, तीन चरणको चुनाव हुने सम्भावना

काठमाडौं । नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा उमेर हद लगाउने विषयमा मतदानबाट टुंगो लगाउन निर्देशन दिएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले नेतृत्व चयनमा हस्तक्षेप नगर्ने तर उमेर हदबारे मतदानबाटै टुंगो लगाउन स्वयत्तता प्रदान गरेको अध्यक्षका प्रमुख दावेदार रहेका प्रवक्ता जीपी मैनालीले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार अब बन्द सत्रबाटै उमेर हदको टुंगो लाग्नेछ । त्यसका लागि पहिलो चरणमा उमेर हद लगाउने र नलगाउनेबीच चुनाव हुनेछ । यदि पक्षमा चुनावी परिणाम आएका २८, ३० र ३२ वर्ष कुन कायम गर्ने भन्नेमा पुनः मतदान हुनेछ । त्यसपछि मात्रै नयाँ नेतृत्वको लागि निर्वाचन हुने मैनालीले बताए ।

उमेर हद नलगाउँदा हालका सबै उपाध्यक्ष र महासचिव गरी १८ जना अध्यक्षका दावेदार बनेका छन् । उमेर हद लाग्ने हलबाट नतिजा आएमा हालका कार्यालय सदस्य र प्राय सबै पदाधिकारीहरु नेतृत्वको दावेदारबाट बाहिरिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *