रुपन्देहीमा शुक्रबारदेखि बेपत्ता गाडी भेटियो, चालक र सहचालक अझै भेटिएनन् – Nepal Press

रुपन्देहीमा शुक्रबारदेखि बेपत्ता गाडी भेटियो, चालक र सहचालक अझै भेटिएनन्

रुपन्देही । रुपन्देहीमा शनिबारदेखि वेपत्ता भएको भे १ च २६७६ नम्बरको दुध बोक्ने पिकअप गाडी र चालक सहचालकमध्ये गाडी घाघरा खोलामा भेट्टिएको छ ।

आइतबार साँझ करिब ६ बजे विमानस्थल पछाडिकै घाघरा खोला क्षेत्रमा गाडी फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जनाएका छन् ।

हराइरहेका जिपका चालक प्रकाश तमाङ्ग र सहचालक उमेश लोध भने अझै वेपत्ता रहेका छन । सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रबाट सो गाडी संकलन केन्द्रबाट दूध लिएर शनिबार बिहान भैरहवा आउने क्रममा वेपत्ता भएको हो ।

मर्चवारबाट दैनिक रुपमा दुध बोक्ने गाडी शनिबार बिहानदेखि हराएको थियो । स्थानीयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट हराएको बताएका थिए । टोलीले गाडीको पहिचान गरी क्रेनको सहायताले बाहिर निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर