झ्याप्ले खोलाको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा – Nepal Press

झ्याप्ले खोलाको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा

काठमाडौं । धादिङको झ्याप्ले खोलामा गएको पहिरो केही भाग हटाएसँगै रोकिएका सवारी साधनलाई काठमाडौँतर्फ आउने व्यवस्था मिलाइएको छ । काठमाडौँबाट सो सडकखण्ड हुँदै जाने सवारी साधनहरुलाई भने जान दिईएको छैन ।

लेदोसहितको माटो जमेको कारण बल्खु पुल र सानेपास्थित कालोपुल मुनिको करिडोरमा सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर-चोभार सडक खण्ड र बल्खु-चोभार सडक खण्डमा पनि पहिरोको कारण आवागमन अवरुद्ध भएको छ ।

ललितपुरको ताखेल हुँदै चल्ने सवारी साधनको आवातजावात पनि पहिरोकै कारण प्रभावित भएको छ । पहिरोकै कारण छम्पी–टिका भैरव सडक खण्ड हुँदै चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् ।

ललितपुरकै नख्खु डोलमा रहेको पुल भासिएकाले सवारी आवागमन बन्द भएको छ । नख्खु खोला करिडोर हुँदै चल्ने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण सिस्नेरी, फर्पिङ, कान्तीलोकपथ, तिनपिप्ले र भिमढुङ्गा हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत पनि प्रभावित भएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चारसयबेशीमा रोशी खोलाले सडक बगाउदा र सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा आएको बाढी तथा पहिरोका कारण विपि राजमार्ग अवरुद्ध भएको छ ।

रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अकरेभिर, फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ ।

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा सिन्धुली-रामेछाप चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।

सिद्धिचरण राजमार्गको उदयपुरको कटारी नगरपालिका ११ गहुँबारीमा खसेको पहिरोले आवागमन प्रभावित भएको छ ।

मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउदा आवत –जावत रोकिएको छ ।

नवलपरासी वर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी साधन प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर