राष्ट्र संघमा सहभागी भएर अमेरिकाबाट फर्किँदै प्रधानमन्त्री, कतार आइपुगे – Nepal Press

राष्ट्र संघमा सहभागी भएर अमेरिकाबाट फर्किँदै प्रधानमन्त्री, कतार आइपुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ताका लागि अमेरिकाबाट कतार आइपुगेका छन् ।

उनीसहितको टोली संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिएर स्वदेश फर्कन लागेको हो । सो क्रममा प्रधानमन्त्री अहिले बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभामा सम्बोधन गरेका थिए भने अन्य केही कार्यक्रममा पनि सहभागी भएका थिए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर