बाढी, पहिरोबाट ६ विद्यार्थीको मृत्यु, ५३ विद्यालयमा क्षति – Nepal Press

बाढी, पहिरोबाट ६ विद्यार्थीको मृत्यु, ५३ विद्यालयमा क्षति

काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण अहिलेसम्म ६ जना विद्यार्थीको मृत्यु भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै ६ जना विद्यार्थीको मृत्यु भएको जानकारी गराएको हो ।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालयमा प्रभावित बनेका छन् । तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको छ ।

यस्तै रसुवाका ३ विद्यालय, मकवानपुरको ३ विद्यालय, सिन्धुलीका २ विद्यालय, तेह्रथुमको १ विद्यालय, हुम्लाको १ विद्यालय, जाजरकोटको १ विद्यालय, पाँचथरको १ विद्यालय, मोरङको १ विद्यालय, तथा सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *