म्यान्चेस्टर युनाईटेडविरुद्ध टोटनह्याम्पको सहज जित – Nepal Press

म्यान्चेस्टर युनाईटेडविरुद्ध टोटनह्याम्पको सहज जित

काठमाडाै‌ं। म्यान्चेस्टर युनाईटेडलाई उसैको घरेलु मैदानमा हराउँदै टोटनहमले इङ्लिस प्रिमियर लिगमा तेश्रो जित हासिल गरेको छ ।

आइतबार राति ओल्ड ट्राफोर्डमा घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई ३-० गोलले हराउँदै टोटनह्याम्पले सानदार जित हासिल गरेको हो ।टोली दश खेलाडीमा सिमित बन्यो ।

घरेलु दर्शकलाई निरास बनाउदै ब्रोनान जोन्सनले टोटनह्याम्पलाई खेलको तेश्रो मिनेटमानै पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफको ४२ औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेज खराब फाउलपछि रातो कार्डको सामना गर्नु परेपछि युनाईटेड १० खेलाडीमा सीमित हुनुपर्यो ।

त्यसयता खेलको ४७ मिनेटमा डेजान कुलुसेभ्स्की र ७७ औं मिनेटमा डोमिनिक सोलान्केले समान एक गोल गर्दै टोटनह्याम्पको जित निश्चित गरे ।

जितपछि टोटटनहम ६ खेलबाट १० अंकसहित आठौं स्थानमा उक्लिएको छ । खराब प्रदर्शनलाई निरन्तरता दिएको युनाइटेड समन खेलबाट सात अंकसहित १२औं स्थानमा छ । १५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *