विश्व मुटु दिवसमा एनएमबी बैंकले गर्‍यो निःशुल्क स्वास्थ्य जाँच शिविर – Nepal Press

विश्व मुटु दिवसमा एनएमबी बैंकले गर्‍यो निःशुल्क स्वास्थ्य जाँच शिविर

काठमाडौं । एनएमबी बैंक लिमिटेडले बैंकको ग्राहक तथा समुदायका सदस्यलाई मध्यनजर गर्दै विश्व मुटु दिवसको अवसर पारेर बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्न अपनाउनुपर्ने कुराहरूमा सचेतना फैलाएका थिए ।

मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे पनि जानकारी गराइएको थियो ।

एनएमबी दि फिनान्सियल टाइम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफ दिइयर एसिया २०२१” को उपाधिबाट सम्मानित भएको बैंक हो । यो अवार्ड २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *