काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने – Nepal Press

काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने भएको छ ।

दशैंमा इन्धन अभाव हुन नदिने विषयमा नेपाल आयल निगमले शुक्रबार डिलरहरुलाई बोलाएर छलफल गरेको थियो । उनीहरुसँगको छलफलमा दशैंको दुई दिन मात्र काठमाडौंमा पेट्रोल पम्प बन्द गर्न सहमति बनेको छ ।

नेपाल आयल निगमका एक अधिकारीले दशैंको टिकाको दिन अर्थात असोज २६ र २७ गतेमात्र बन्द गरिने तयारी भएको छ । यसको आधिकारिक जानकारी केही दिनमै विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी निगमले गरेको छ ।

यस्तै उपत्यका बाहिर भने डिलरहरुसँग कुन कुन दिन बन्द गर्न चाहेका हुन् भनेर जवाफ निगमले माग गरेको छ । उनीहरुको जवाफपछि उपत्यका बाहिर पनि कति दिन बन्द हुने भन्ने तय हुने ती अधिकारीले बताए ।

नेपाल आयल निगमसँग कुल ७८ हजार किलोलिटर इन्धन स्टक राख्न सक्ने क्षमता रहेको छ । अहिले उक्त क्षमतामा करिब ७० प्रतिशत इन्धन मौज्दात रहेको आयल निगमले जनाएको छ । इन्धन थप आपुर्ति समेत भइरहेको छ । उता अमलेखगंज पाइपलाइनबाट पनि नियमित डिजेल आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर