वीपी राजमार्ग तत्काल खुलाउन एमालेको ध्यानाकर्षण, भौतिक पूर्वाधारमन्त्रीले दिए यस्तो जवाफ
काठमाडौं । रोशी र सुनकोशीको बाढीले तहसनहस पारेको वीपी राजमार्ग तत्काल सन्चालनमा ल्याउन नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।
पूर्वी र मध्य नेपाललाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग दशैंअघि नै सुचारु गर्न भौतिक पुर्वाधार मन्त्री देवेन्द्र पौडेलले पहल गरेको जवाफ एमालेलाई दिएका छन् ।
एमाले वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल,उदयपुर २ का सांसद अमरवहादुर रायमाझी,पूर्व मन्त्री गणेश पहाडी,कमल चौलागाई,पूर्व सांसद यज्ञराज सुनुवारका साथै एमाले नेताहरु माधव ढुंगेल,रत्न गौतम,वागमती प्रदेशका पूर्व मन्त्री शान्ति प्रसाद पौडेललगायतको टोलीले सोमवार मन्त्री दाहाललाई भेटेर दबाबा दिएको हो ।
वीपी राजमार्ग तत्काल यातायात सन्चालन गर्नेगरी बनाउँन र जिल्ला जोड्ने सडक तथा बगेका पुलहरुको ठाउँमा वैकल्पिक व्यवस्था गर्न मन्त्री र सडक विभागका महानिर्देशकलाई एकै ठाउँमा राखेर आग्रह गरिएको भेटमा सहभागी ओखलढुंगा इन्चार्ज यज्ञराज सुनुवारले बताए ।
मन्त्री दाहालले राजधानीको लाइफलाइन समेत रहेको वीपी राजमार्गको भत्किएको भाग आजैबाट निर्माण गरेर नदीको वहाव डाइभर्ट गरेर भने पनि यातायात सन्चालनको काम थाल्न विभागलाई निर्देशन दिएका छन् ।
रोशीको बाढीले वीपी राजमार्गको सय मिटरभन्दा बढी भाग कटान गरेपछि काठमाडौं आउने बाटो बन्द छ । खुर्कोटको पक्की पुल भत्किएका कारण रामेछाप,दोलखा,ओखलढुंगालगायतका जिल्लाको सडक सम्पर्क समेत अवरुद्ध भएको छ ।
खोटाङ,उदयपुर,सिन्धुली र रामेछापका नेताहरुले मन्त्री दाहाललाई भेटेर वीपी राजमार्ग तुरुन्तै खुलाउन तथा खैरेनिघाट र खुर्कोटको पुल पुनःनिर्माणको लागि र मध्यपहाडी लोकमार्ग संचालन गर्न आग्रह गरेको एमाले रामेछापका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले बताए ।
फोटो पोष्ट्याएर मात्र के हुन्थ्यो ! भौगोलिक वनावट के कस्तो छ ? त्यो नहेरी सडक विभाग आफै लमतन्न पर्ने होइन क्यारे !