धादिङका प्रहरी प्रमुख केसी हेडक्वाटर तानिए, एसपी शाहीलाई पठाइयो – Nepal Press

धादिङका प्रहरी प्रमुख केसी हेडक्वाटर तानिए, एसपी शाहीलाई पठाइयो

काठमाडौं। धादिङका प्रहरी प्रमुख गौतम केसीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

उनको स्थानमा दीपेन्द्र शाहीलाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। केसी गत फागुनमा धादिङ पुगेका थिए। झ्याप्ले पहिरोपछि उनीमाथि प्रश्न उठेको थियो।

असार ११ र १२ गते राती रात्रीकालिन बस सेवा सन्चालन गर्न रोक लगाउनु भनिएपनि त्यस क्षेत्रमा बस गुडेका थिए।

डिएसपी बढुवामा एक नम्बरमा रहेका केसी नेपाल प्रहरीमा विवादमा नपरेका अधिकृत मानिन्छन् । यद्यपी एसपी बढुवाका बेला उनलाई तत्कालीन नेतृत्वले पुर्वाग्रह राखेको थियो ।

यसपटक धादिङको झ्याप्ले पहिरोबाट जनधनको क्षति भएपछि गृह मन्त्रालयले सिडिओ र एसपी दुवैलाई काठमाडौं झिएको हो ।

धादिङ पठाइएका एसपी दिपेन्द्र शाही यसअघि निर्वाचनको बेला आयुक्तमाथि दुव्र्यवहार गरेको आरोपमा निर्वाचन आयोगबाट कारवाही सिफारिस भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *