विपद्‍बाट उत्पन्न संकटको सामनाबारे गगनले गरे छलफल – Nepal Press

विपद्‍बाट उत्पन्न संकटको सामनाबारे गगनले गरे छलफल

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरो प्रभावितलाई राहत र उद्धारमा तीव्रता दिनेबारे छलफल चलाएको छ । महामन्त्री गगन थापाको संयोजकत्वमा पार्टी मुख्यालय सानेपामा बसेको बैठकले राहत र उद्धारलाई व्यवस्थित गर्नेबारे छलफल गरेको केन्द्रीय सदस्य किरण गिरीले बताए ।

हिजो बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पार्टीको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी राहत र उद्धारमा लाग्ने निर्णय गरेको थियो । कांग्रेसका संघीय सांसदहरूको जनही १५ दिनको पारिश्रमिक सतथै पार्टीको तर्फबाट ५० लाख विपद् कोषमा जम्मा गर्ने पनि निर्णय गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर