एनपीएलको कमर्सियल राइट ५ करोड ९२ लाखमा बिक्री – Nepal Press

एनपीएलको कमर्सियल राइट ५ करोड ९२ लाखमा बिक्री

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको कमर्सियल राइट ५ करोड ९२ लाख रूपैयाँमा बिक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ब्रान्ड डिजिटल लजिक प्रालिलाई उक्त राइट बिक्री गरेको हो ।

क्यान प्रवक्ता छुम्मी लामाले एक संस्करणका लागि कमर्सियल राइट बिक्री भएको बताए । कमर्सियल राइटबापत ब्रान्ड डिजिटलले प्रतियोगिताका लागि प्रायोजकहरू खोज्छ ।

क्यानले एनपीएलको पहिलो संस्करण आगामी मंसिरमा आयोजना गर्दैछ । प्रतियोगितामा ८ फ्रेन्चाइज र ती टोलीका मार्की खेलाडी पनि तय भइसकेका छन् । ८ जना मार्की खेलाडीले २०/२० लाख रूपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा अन्य नेपाली खेलाडीले २ देखि १५ लाख रूपैयाँसम्म प्राप्त गर्नेछन् । खेलाडी दर्ता खुलिसकेको छ ।

यसअघि क्यानले फ्रेन्चाइजहरू बिक्री गरी मालिक तय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *