लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा – Nepal Press

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

रुपन्देही । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाबमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको सुनिश्चित गरिएपछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीतिअनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार ३४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ ।

लुम्बिनीमा दुई लाख ६२ हजार ८५६ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री खेम सारुलगायत स्थानीय तहका प्रमुख रउपप्रमुखहरुको सहभागिता थियो ।

बालबालिकामा विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आएको छ ।

नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको तत्कालीन भागेश्वर गाउँविकास समितिबाट पूर्ण खोप घोषणा गरी सुरु गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *