रुपन्देहीमा जीपसहित खोलामा बेपत्ता २ जना मृत भेटिए – Nepal Press

रुपन्देहीमा जीपसहित खोलामा बेपत्ता २ जना मृत भेटिए

रुपन्देही । रुपन्देहीको घाघरा खोलामा शनिबारदेखि बेपत्ता दुईजना मृत भेटिएका छन् । मर्चवारदेखि दूध संकलनका लागि भे. १ च २६७६ नम्बरको जीपमा हिँडेका चालक र सहचालक जीपसहित खोलामा बेपत्ता भएका थिए । जीप भने आइतबार भेटिएको थियो ।

चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव जीप भेटिएको ठाउँभन्दा १ सय मिटर तल फेला परेको प्रहरीले बताएको छ । उनीहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निरन्तर खटिएको थियो ।

दुवैजनाको आफन्त आएर शवको पहिचान गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठोरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर