कांग्रेसले बोलायो संसदीय दलको बैठक – Nepal Press

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको सांसद रामहरि खतिवडाले बताए ।

उनका अनुसार बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्नेछ । बैठकमा बाढी पहिरोले निम्त्याएको प्रकोपसहित समसामियक बिषयमा छलफल हुने उनले बताए ।

हिजो बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीको सांसदहरुको १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। भोलिको बैठकमा त्यसबाहेक सरकारले विपद्को बेलामा गरेको कामकारवाहीको बिषयमा पनि समीक्षा गर्ने तयारी छ ।

पूर्वसूचना हुँदा समेत सरकारले उद्धारमा ढिलाइ भएको भन्दै चर्काे आलोचना भइरहेको छ ।

प्रधानमन्त्री अमेरिका भ्रमणमा भएपनि कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले विपद्को समयमा काम गर्न नसकेको पार्टीभित्रबाटै विरोधको सुनिन थालेपछि दलको बैठक डाकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर