उद्धारमा जाँदा ज्यान गुमाएका कर्णेल केसीको सैनिक सम्मानसाथ अन्त्येष्टि – Nepal Press

उद्धारमा जाँदा ज्यान गुमाएका कर्णेल केसीको सैनिक सम्मानसाथ अन्त्येष्टि

काठमाडौं । शनिबार बिहान सिन्धुपाल्चोकको सिन्धु बीच रिसोर्टमा पहिरोमा परेकालाई उद्धार गर्न जाँदा पुरिएर ज्यान गुमाएका कर्णेल मिलन केसीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वरका केसीलाई सेनाको एक टुकडीले सम्मानस्वरूप अन्तिम सलामी अर्पण गर्‍यो । आर्यघाटमा सेनाका उच्च अधिकारी, आफन्तजन र शुभेच्छुक श्रद्धाञ्जली दिन पुगेका थिए ।

केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए । रिसोर्टमा सुतिरहेको बेला शनिबार बिहान रिसोर्टमाथिबाट पहिला सानो पहिरो झरेको थियो ।

मिलनलाई ११ वर्षीय छोरा आरोनले दागबत्ती दिए । उनका एक छोरा र श्रीमती छन् । मिलन एमाले दोलखाका नेता भुवन केसीका एकमात्र छोरा हुन् ।

यो पनि पढ्नुहोस्- पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा आफैँ अस्ताए कर्णेल मिलन केसी

कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए । त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको थियो ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर