माओवादीका सांसदहरूले राहत कोषमा १० दिनको तलब दिने – Nepal Press

माओवादीका सांसदहरूले राहत कोषमा १० दिनको तलब दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो प्रभावितका लागि पार्टीका सांसदहरुले १० दिनको तलब दिने भएको छ । आइतबारको पदाधिकारी बैठकले निर्णय गरेपछि मातहतका कमिटीलाई राहत कोषमा रकम जम्मा गर्न परिपत्र गरेको छ ।

संघीय र प्रदेशसभा सदस्यहरूले दश दिनको पारिश्रमिक जम्मा गर्ने भएपनि स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादीले भनेको छ ।

माओवादीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । पार्टीका नेता कार्यकर्तालाई उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि आग्रह गरेको छ ।

यसअघि नेपाली कांग्रेसले पनि सांसदहरुको १५ दिनको तलब दिने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर