प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा राउतविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराइएको हो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेपछि समितिले उजुरी आह्वान गरेको थियो ।

त्यस्तै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध दुई वटा उजुरी प्राप्त भएको समिति सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए । समितिले उजुरीकर्तासँग मंगलबार छलफल गर्ने जनाएको छ ।

असोज १६ गते राउतको सुनुवाइ हुने राणाले बताए । त्यस्तै सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय पनि भएको छ ।

न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर