एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि, खेलकुद मन्त्रीले ओढाए राष्ट्रिय झण्डा (तस्बिरहरु) – Nepal Press

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि, खेलकुद मन्त्रीले ओढाए राष्ट्रिय झण्डा (तस्बिरहरु)

काठमाडौं । मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको पार्थिव शरिरमा राष्ट्रिय झन्डा ओढाइएको छ ।

६ जनामध्ये दिवस बानिया र प्रियंश आचार्यको काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो भने अन्यलाई गृहजिल्ला पठाउने व्यवस्था मिलाइएको एन्फाले जानकारी दिएको छ ।

उनीहरुकाे शव हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको शवलाई गृह जिल्ला मकवानपुर पठाइएको थियो भने आदित्य बलम्पाखीको शव गृह जिल्ला सर्लाहीको लालबन्दी लगिएको एन्फाले जनाएकाे छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *