अमेरिका भ्रमणका उपलब्धिबारे प्रधानमन्त्रीको जवाफ- भैंसी दुहुन गएर दूध लिएर आए जस्तो होइन (भिडिओ) – Nepal Press

अमेरिका भ्रमणका उपलब्धिबारे प्रधानमन्त्रीको जवाफ- भैंसी दुहुन गएर दूध लिएर आए जस्तो होइन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राष्ट्रसंघको भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।

अमेरिका भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलन यस्तो तर्क गरेका हुन् ।

 

भ्रमणबारे सोधिएको प्रश्नमा उनले भने, ‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन । हाम्रा समस्या र विचार राख्न भएको हो । राखियो ।’

उनले आफूले राखेको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको जिकिर गरे ।

उनले थपे, ‘हामीले राखेको समस्या एउटा देशको मात्रै होइन । यो ग्लोबल समस्या हो । त्यसैले ग्लोबलले मिलेर समाधान गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ, क्षति पुर्‍याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ । त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ । जसले बढी बिगारेको छ, उसले बढी क्षतिपूर्ति व्यहोर्नुपर्छ । बिगार्नेले सपार्न पनि लगानी गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर