मीनबहादुर गुरुङद्वारा विपद् प्रभावितको लागि सरकारलाई १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ हस्तान्तरण – Nepal Press

मीनबहादुर गुरुङद्वारा विपद् प्रभावितको लागि सरकारलाई १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ हस्तान्तरण

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपद्‍बाट प्रभावितहरुका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले उक्त चेक गृहमन्त्री रमेश लेखकलाई बुझाएका छन् ।

अर्बौं रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माण गर्न ४१ करोड रूपैयाँ बराबरको सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि पनि उनले १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रूपैयाँ बराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *