बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई २ लाख दिने सरकारको निर्णय – Nepal Press

बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै रुपमा मानेर परिवारलाई २ लाख दिइनेछ ।

यीलगायत मन्त्रिपरिषदका निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर