दाउन्नेमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध – Nepal Press

दाउन्नेमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रुपन्देही । पश्चिम नवलपरासीको दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि बुटवलबाट काठमाडौँ जाने सवारीलाई पोखरा हुँदै जानको लागि प्रहरीले आग्रह गरेको छ ।

राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रमुख ईश्वरी अर्यालले दाउन्नेमाा करिब डेढ फिट सडक भासिएपछि सवारी रोकिएको बताए । उनले तत्काल खुल्ने सम्भावना नभएकाले बुटवलमा पाल्पा पोखरा हुँदै जान आग्रह गरिएको बताए ।

सडकको माथिल्लो भागमा पनि चर्किएकाले मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र बुटवलसँगै समन्वय भइरहेको उनले बताए । सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।

खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिन गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

एकतर्फ भीर र अर्कोतर्फ पहाड भएकाले तत्कालै डाईभर्सन बनाउन समस्या रहेकोले प्रहरीले सडक नबनुन्जेल बैकल्पिक बाटो प्रयोग गर्न सुझाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *