त्रिपुरेश्वरस्थित विश्वनितेकन माविमा बाढीले करोड बढीको क्षति – Nepal Press

त्रिपुरेश्वरस्थित विश्वनितेकन माविमा बाढीले करोड बढीको क्षति

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

गत बिहीबारदेखि शनिवार साँझसम्मको भारी वर्षासँगै आएको बागमती नदीको बाढी विद्यालयमा पसेको हो । बाढीका कारण भुईँतलामा रहेका फर्निचर र कम्प्युटर ल्याबका साथै महत्त्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरू नष्ट भएको विद्यालयका शिक्षक डिल्लीराम पौडेलले जानकारी दिए ।

उनका अनुसार डुबानमा परेर विद्यार्थी बोक्ने दुईवटा स्कुल बस बिग्रिएका छन् । दुवै बसको इन्जिनमा समस्या देखिएको छ ।

पौडेलका अनुसार ल्याबमा रहेका ३० थान ल्यापटप प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका छन् ।

सबै गरी एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको विद्यालयले जनाएको छ ।

भुईँ तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । दसैँ बिदाअघि सुरु हुनुअघि नै ती विद्यार्थीलाई तिहारसम्मका लागि बिदा दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर