पद्मोदयमा शिक्षक अभिभावक संघको अध्यक्ष छान्न चुनाव, एमाले नेता विजयी – Nepal Press

पद्मोदयमा शिक्षक अभिभावक संघको अध्यक्ष छान्न चुनाव, एमाले नेता विजयी

दाङ । घोराही १५ स्थित पद्मोदय पब्लिक नमुना माविको शिक्षक अभिभावक संघको नेतृत्व चयनमा मतदान भएको छ ।

गएको शुक्रवारदेखि सर्वसम्मत बनाउन छलफल सुरु भए पनि नेतृत्व चयनमा सहमति नजुटेपछि मतदान भएको थियो ।

शिक्षक अभिभावक संघको भेलाले ६ जना सुरुमा सदस्यहरू चयन गरेको थियो । अध्यक्षमा ४ जनाले दाबी गरेका थिए ।

अध्यक्षमा दाबी गर्नेमा एमालेबाट डा. सुरामणि बेलबासे, कांग्रेसबाट अमर क्षितिज भण्डारी, माओवादीबाट प्रकाश चौधरी र जोगबहादुर बोहरा रहेका थिए।

नेतृत्वमा सहमतिमा चयन नभएपछि ६ जना सदस्यहरूले भोट हालेका थिए । जसमा बेलबासेले ५ मत पाएर विजयी भए भने जोगबहादुर बोहराले १ मत पाए ।

अन्य उम्मेदवारले मत नै नपाएको बेलबासेले बताए ।

विद्यालयमा शिक्षक शिक्षिका ८७ जना रहेका छन् भने विद्यार्थी संख्या करिब ३ हजारको हाराहरिमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर