विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली – Nepal Press

विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। हिजो संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन राखेका हुन्।

दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणको बारेमा जानकारी दिने गरी पत्रकार सम्मेलन राखेको जनाइएको छ। देशमा ठूलो विपद् आउँदा प्रधानमन्त्री विदेश भ्रमणमा बसेको भन्दै चर्को आलोचना भएको थियो।

तर, हिजो विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विरोधका लागि विरोध नगर्न आग्रह गर्दै उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिने बताएका थिए।

त्यसअघि एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टी सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर