हवाईयात्रीको चाप: त्रिभुवन विमानस्थलबाट आज साढे ४ सय आन्तरिक उडान – Nepal Press

हवाईयात्रीको चाप: त्रिभुवन विमानस्थलबाट आज साढे ४ सय आन्तरिक उडान

काठमाडौं । बाढीपहिरो र डुबानबाट अधिकांश राजमार्ग बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानको चाप बढेको छ । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार हिजो आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भयो । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् ।

आजैमात्र ४५३ आन्तरिक उडान तालिका रहेको रिञ्जी शेर्पाले बताए । यसमा उडान १६९ र अवतरणमा पनि १६९ रहेको छ । यस्तै अन्तर्राष्ट्रियतर्फ ५८ वटा उडान हुने तालिका छ भने ५७ वटा अवतरण छ । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान रहेको बताए । हेलिकप्टर उडान तालिका भने सार्वजनिक गरिएको छैन । आपतकालीन उडान गर्ने भएकाले हेलिकप्टरको कुनै सेड्युल नहुने शेर्पाले बताए ।

आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२६ उडान तथा अवतरण तय भएको थियो ।

गतवर्ष दशैँताका सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान दैनिक ११३ देखि ११५ सम्म भएको थियो । आन्तरिकतर्फ पनि दैनिक २७० उडानसम्म भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर