सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनीहरू सहमत – Nepal Press

सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनीहरू सहमत

काठमाडौं । वायुसेवा कम्पनीहरूले सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सस्तोमा टिकट बेच्ने सहमति भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेसँग वायुसेवा कम्पनीहरूका सञ्चालकहरूसँग भएको छलफलमा सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका हुन् ।

वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरेको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्चालन सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट विक्री नगर्ने भएका हुन ।

यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट विक्री गर्न सहमत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर