बाढीमा ज्यान गुमाएकी रामेछापका अन्जु माझीका परिवारलाई एमाले नेता गौतमको ५० हजार सहयोग – Nepal Press

बाढीमा ज्यान गुमाएकी रामेछापका अन्जु माझीका परिवारलाई एमाले नेता गौतमको ५० हजार सहयोग

रामेछाप । शनिवारको बाढीमा परेर बेपत्ता भएकी रामेछाप खाँडादेबी गाँउपालिका वडा न ३ डफ्खा निवासी अन्जु बस्नेत माझीको शव माम्ती खोलको बगरमा भेटिएको छ । सोमबार भेटिएको शव रामेछापकी अन्जुको भएको पुष्टि भएको थियो ।

भीरपानी सीत्खाबाट काठमाडौं जानेक्रममा कालढुङ्गा डम्फुपार्क खोला तर्ने क्रममा अन्जु बस्नेत माझीलाई बगाएको थियो । उनीसँगै उनका श्रीमान विश्व माझी भए पनि उनले बचाउन सकेनन् ।

यसैबीच बाढीमा ज्यान गुमाउने अन्जु माझीको परिवारलाई एमाले बागमती प्रदेश कमिटी सदस्य रत्न गौतमले ५० हजार रुपैयाँ राहत तथा औषधी उपचार गर्न प्रदान गरेका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको समन्वयमा गौतमले सो राहत रकम बोडेस्थित घरमा पुगेर हस्तान्तरण गरेको एमाले रामेछापका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले बताए ।

सो अवसरमा एमाले वागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, प्रदेश कमिटी सल्लाहकार टंक प्रसाद चौलागाई,एमाले नेता दिपेन्द्र कार्की, जिल्ला कमिटी सदस्य कास्मिर घिसिङ समेतले मृतक परिवारलाई समवेदना दिएका दिए । विश्व माझीको आजैबाट उपचार शुरु हुने श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर