खोज, उद्धार र राहतमा सरकारलाई साथ दिन क्रसर महासंघको जिल्ला संघहरुलाई अपिल – Nepal Press

खोज, उद्धार र राहतमा सरकारलाई साथ दिन क्रसर महासंघको जिल्ला संघहरुलाई अपिल

काठमाडौं । खोज, उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल गरेको छ ।

महासंघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सबै जिल्ला संघहरुलाई बाढी पहिरोमा परेका नागरिकको खोज, उद्धार र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताको लागि अफिल गरेको हो ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हालैको मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । साथै, जनधनको ठूलो क्षति भएको कुराबाट हामी अनविज्ञ छैनौँ । महासंघ आफ्ना सबै जिल्ला संघहरु तथा मुलुकभरका क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई यस प्राकृतिक विपत्तिका कारण विस्थापित सबै नागरिकहरुलाई खोज तथा उद्धार गरी राहत उपलब्ध गराउने सरकारी अभियानमा सक्रियताका साथ सहभागी हुन आग्रह गरेको छौं ।’

महासंघले प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइ आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर