वर्षाले दुई दिन खेल नभएको टेस्टमा भारतले बंगलादेशलाई हरायो – Nepal Press

वर्षाले दुई दिन खेल नभएको टेस्टमा भारतले बंगलादेशलाई हरायो

काठमाडौं । घरेलु टोली भारतले बंगलादेशविरुद्धको दुई टेस्टको शृंखला २-० ले जितेको छ । दोस्रो तथा अन्तिम खेलमा भारत ७ विकेटले विजयी भयो । केवल ९५ रनको लक्ष्य पाएको भारतले पाचौँ तथा अन्तिम दिन तीन विकेट गुमाएर जित निकालेको हो ।

दोस्रो पालीमा भारतमा यसस्वी जैसवालले ५१ र विराट कोहलीले २९ रन जोडे । बंगलादेश दोस्रो पालीमा केवल एक सय ४६ रनमा सिमित भएपछि भारत श्रृंखला क्लिन स्विपको दिशामा देखिएको थियो । २६-२ को स्थितिबाट बंगलादेशले पाचौँ दिन सुरु गर्दा यो खेल बराबरी हुन सक्ने आंकलन गरिएको थियो ।

तर बंगलादेशले खराब ब्याटिङ गर्यो । जसप्रित बुमराह, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३/३ विकेट लिए । पहिलो पालीमा बंगलादेशलाई २ सय ३३ रनमा समेटेको भारतले आफ्नो पाली २ सय ८५ रन जोडेपछि समाप्तीको घोषणा गरेको थियो । यो खेलमा वर्षाका कारण दोस्रो र तेस्रो दिन खेल भएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर