बार अध्यक्ष घिमिरेको जिकिर- न्याय परिषद्का कामका सन्दर्भमा मैले प्रधानन्यायाधीशबारे बोलेको हुँ, यो बोल्न पाइन्छ (भिडिओ) – Nepal Press

बार अध्यक्ष घिमिरेको जिकिर- न्याय परिषद्का कामका सन्दर्भमा मैले प्रधानन्यायाधीशबारे बोलेको हुँ, यो बोल्न पाइन्छ (भिडिओ)

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेको विषयमा कुनै गल्ती नगरेको बताएका छन् ।

उनीविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने, ‘न्याय परिषद्ले गरेका कामका सन्दर्भबारे मैले प्रधान न्यायधिशबारे बोलेको हुँ, यो बोल्न पाइन्छ ।’

उनले न्यायलयमा भष्ट्रचार रहेको कुरा अघिल्ला प्रतिवेदनहरुले देखाएको र त्यसको निश्कर्ष आफुले बोलेभन्दा पनि कडा रहेको बताए ।

 

‘यसरी हेर्दा त सबैलाई महाअभियोग या अवहेलना मुद्दा लाग्नु पर्ने रहेछ त । आफूलाई मन परेको विषय बोल्ने या आफूलाई मन नपरेका विरुद्ध महाअभियोग वा अवहेलना लगाउने भन्ने हुँदैन । यसको नेपाल बार एसोसिएसन डटेर प्रतिवाद गर्छ’, उनले भने ।

अवकाशको मुखमा रहेका प्रधान न्यायधिश श्रेष्ठले अध्यक्षता गर्ने न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि घिमिरेले आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रधानन्यायाधीशले लेनदेनका आधारमा सिफारिस गरेको उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर