बन्द सडक खुलाउन फिल्डमा खटिए बागमतीका भौतिक मन्त्री – Nepal Press

बन्द सडक खुलाउन फिल्डमा खटिए बागमतीका भौतिक मन्त्री

हेटौंडा । गत बिहीवारबाट परेको अबिरल वर्षाको कारण पुर्ण रुपमा अबरुद्द बनेको हेटौंडा–काठमाडौं अन्तर्गत छैमले सडकखण्ड खुलाउन बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के आफैं फिल्डमा खटिएका छ्न ।

पहिरोमा परेर छैमले सडकखण्डमा सयौ सबारी अलपत्र परेपछि मास्के आफै उक्त स्थानमा पुगेर सडकको अवरोध हटाउन समन्वय गरेका थिए ।

पहिरोको कारण हेटौंडा र काठमाडौ दुबैतर्फ सडक अवरुद्ध भएपछि सयौं सार्वजनिक तथा निजी सबारिसाधन छैमले सडकखण्डमा अलपत्र परेपछि पहिलो चरणमा ती अवरोधलाई हटाएर सबारीलाई कम्तिमा काठमाडौसम्म लगिएको मन्त्री मास्केले नेपाल प्रेसलाई बताए । सडकमा भएका सबारीलाई हटाएपछि सडक सुधारको कामलाई तिब्रता दिने उनको भनाइ छ ।

ठूला चाडपर्व नजिकिएसङ्गै प्रदेश सरकारले बाढी पहिरोले क्षति पुर्याएका प्रदेशका प्रमुख सडकलाई नियमित संचालन हुने अवस्थामा ल्याउन सरकार रात दिन नभनी अघि बढिसकेको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर