बाढीले भत्काएका घर निर्माण गर्न सुनकोशी गाउँपालिकाले ३ लाख सहयोग गर्ने – Nepal Press

बाढीले भत्काएका घर निर्माण गर्न सुनकोशी गाउँपालिकाले ३ लाख सहयोग गर्ने

काठमाडौं । असोज १२ गते परेको अविरल वर्षाले आवास गुमाएकाहरुलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आवास निर्माणका लागि ३ लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले पूर्णरुपमा घर क्षति भएकाहरुलाई नयाँ घर निर्माणका लागि गाउँपालिकाले यो सहयोग गर्ने निर्णय गरेको हो ।

वर्षाको कारण घर को आँगन लगायत अन्य संरचना आंशिक रुपमा क्षति भएकाहरुलाई पनि सहयोग गर्ने निर्णय गरेको छ । आंशिक क्षति भएकाहरुलाई ३० हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

वर्षाले अवरुद्ध अधिकाशं सडकहरु अहिले मर्मत सम्भार सुरु गरीसकेको र केही दिनभित्रै सबै वडाका सडकहरु मर्मत गरेर यातायातका साधनहरु सञ्चालन भइसक्ने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर