निर्वाचन आयोगका पदाधिकारीले ७ दिनको पारिश्रमिक प्रधानमन्त्री कोषमा जम्मा गर्ने, कर्मचारीलाई स्वेच्छिक – Nepal Press

निर्वाचन आयोगका पदाधिकारीले ७ दिनको पारिश्रमिक प्रधानमन्त्री कोषमा जम्मा गर्ने, कर्मचारीलाई स्वेच्छिक

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले ७ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

आयोगको मंगलबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तद्धय रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शम्सेर जबराले मासिक पारिश्रमिकबाट ७ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले आयोगका सचिव, सहसचिव लगायत सबै कर्मचारीलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

आयोगले अविरल वर्षाकाे कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनु सबै व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थय लाभको कामना पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर