सिप्रदियन सहायताद्वारा काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष संचालन – Nepal Press

सिप्रदियन सहायताद्वारा काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष संचालन

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ ।

सिप्रदीले काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभागर नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका हो।

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँबसपार्क,गौशाला, चापागाउँ, हल्चोक,चावहिल,जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।

यात्रुहरुलाई टिकट बुकिङ्गका क्रममाविभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सुसुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ । साथै यसले यात्रुहरुलाई उनीहरुकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभुति दिलाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर