उमेर हद विवादमा अल्झियो अखिल क्रान्तिकारी, बन्दसत्र सुरू गर्न माग गर्दै प्रतिनिधिको नाराबाजी (भिडिओ) – Nepal Press

उमेर हद विवादमा अल्झियो अखिल क्रान्तिकारी, बन्दसत्र सुरू गर्न माग गर्दै प्रतिनिधिको नाराबाजी (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बन्दसत्र सुरु गर्न माग गर्दै प्रतिनिधिहरुले नाराबाजी गरेका छन् ।

उमेर हदको विषयलाई लिएर काठमाडौंको कीर्तिपुरमा जारी २३ औं राष्ट्रिय सम्मेलन अघि बढ्न नसकेपछि प्रतिनिधिहरुले विरोध जनाएका हुन् ।

 

सम्मेलनबाट नयाँ नेतृत्व चयनको क्रममा उमेर हदको विषय उठाइएपछि विवाद भइरहेको छ । पार्टीले उमेर हदको विवाद मतदान प्रक्रियाबाट टुंग्याउन निर्देशन दिएको भए पनि अझै सुरु हुन सकेको छैन ।

बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु आक्रोशित छन् । हिजो पनि उमेर हदको विषयलाई लिएर विवाद भएपछि लफडा भएको थियो । सम्मेलनमा भाग लिन देशभरबाट आएका करिब २ हजार ३०० प्रतिनिधि चार दिनदेखि काठमाडौंमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर