गृहमन्त्रीको बचाउमा प्रधानमन्त्रीले भने- उहाँ आफैं गएर हेर्नसक्ने कुरा भएन, जे सूचना आयो त्यही भन्नुभयो (भिडिओ) – Nepal Press

गृहमन्त्रीको बचाउमा प्रधानमन्त्रीले भने- उहाँ आफैं गएर हेर्नसक्ने कुरा भएन, जे सूचना आयो त्यही भन्नुभयो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको भनाइलाई अपराधको रुपमा लिन नहुने बताएका छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीले प्रारम्भिक सुचनाको आधारमा बोलेको कुरालाई अयोग्यताको रुपमा लिन नहुने बताए।

 

गृहमन्त्री लेखकले नख्खु खोलामा बगाएका पााँच जना उद्धार गर्न नसक्दा बगाएको बताएका थिए। गृहमन्त्रीले त्यो सूचना मिडियासामू भन्नुभन्दा पहिला नै तीन जनाको उद्धार भइसकेको थियो।

यही विषयलाई लिएर चर्को विरोध भएपछि प्रधानमन्त्रीले बचाउमा भने,‘गृहमन्त्रीलाई मान्छे बगेको रिपोर्ट आयो आफैं गएर हेर्नसक्ने कुरा त आएन। मान्छे बगाएर लग्यो भन्ने त्यहाँको मान्छेहरुले दिएको रिपोर्ट आएपछि गृहमन्त्रीले त्यही भाषा भन्नुभयो बचाउन सकिएन भनेर, अलि त एकजना भाइले बचाउनुभएछ। उहाँलाई धन्यवाद।’

उनले प्रारम्भिक जानकारी दिएको कुरा कहिलेकाही फरक पर्नसक्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर