दिल्ली विमानस्थलमा अभियन्ता ईलाई दुर्व्यवहार, नागरिकता देखाउँदा हप्कीदप्की गरेको गुनासो – Nepal Press

दिल्ली विमानस्थलमा अभियन्ता ईलाई दुर्व्यवहार, नागरिकता देखाउँदा हप्कीदप्की गरेको गुनासो

काठमाडौं । काठमाडौंका चर्चित अभियन्ता ईलाई भारतीय अधिकारीले दुर्व्यवहार र हप्कीदप्की गरेका छन् ।

भारतको दिल्ली विमानस्थलमा आफूलाई यस्तो गरिएको भन्दै ईले सामाजिक सन्जालमा गुनासो गरेका छन् । नेपाल र भारतका नागरिकहरु परिचयपत्रको आधारमा एक-अर्काको देश जान पाउने भएतापनि आफूलाई यस्तो गरिएको उनले गुनासो गरेका छन् ।

उनले यसबारेमा परराष्ट्रमन्त्री डाक्टर आर्जु राणालाई मेन्सन गरेर गुनासो गरेका छन् ।

उनले लेखेका छन, ‘सम्बन्धित पक्षलाई यसबारे जानकारी गराउनुपर्यो। यस्तै नेपाली भन्ने बित्तिक्कै हेप्न खोज्ने केही भारतीय सरकारी अधिकारीका कारणले दुई देश बीचको सम्बन्ध खल्लो हुने हो। नेपाली नागरिकताबाट दिल्ली विमानस्थलमा SIM Card त के, पर्यटकको रूपमा सम्मानजनक स्वागत पनि पाइँदैनरहेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *