विपद् व्यवस्थापनमा महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षण गर्न महिला आयोगको ध्यानाकर्षण – Nepal Press

विपद् व्यवस्थापनमा महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षण गर्न महिला आयोगको ध्यानाकर्षण

काठमाडौं । विपद् व्यवस्थापनमा महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षण गर्न राष्ट्रिय महिला आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै केही दिन अगाडि परेको लगातार भारी वर्षाका कारण आएको बाढी, पहिरो, भूक्षय र डुबानका घटनामा परी देशभरिबाट सयौंको ज्यान गएको, हजारौं व्यक्ति बेपत्ता र विस्थापित भएको र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिमयुक्त अवस्थामा रहेको समुदायको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगका अध्यक्ष कमला पराजुलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यतिबेला विपदमा परेका समुदायका व्यक्ति भौतिक तथा मानवीय क्षतिको सामना गर्दै शारीरिक र भावनात्मक रूपमा कमजोर रहेको अवस्थामा विभिन्न किसिमका लैङ्गिक हिंसाका घटना घट्न सक्ने, महिलाको प्रजनन् अधिकारको सुरक्षामा बाधा पुग्न सक्ने, सुत्केरी र गर्भवती महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने, अपाङ्गता भएका व्यक्ति एवं अशक्त ज्येष्ठ नागरिकको संरक्षणमा प्रतिकूल असर पर्ने, विपद्बाट अभिभावक गुमाएका बालबालिका विस्थापित हुने र हिंसामा पर्ने जोखिम रहेको हुँदा उल्लेखित संरक्षणका सवाललाई महत्वका साथ विपद् व्यवस्थापनमा जिम्मेवार राज्यका विभिन्न तहका सरकार तथा निकाय, सामाजिक संघ संस्था, व्यक्ति तथा समुदाय समक्ष उद्धार, राहत र पुनस्थापनाका कार्य गर्दा पीडित तथा प्रभावितको गोपनीयता, शारीरिक तथा मनोसामाजिक अवस्था र आवश्यकता अनुरूप सम्बोधन र व्यवस्थापन गरिदिनु हुन आयोगको विशेष अनुरोध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर