डाँफेज एन्ड गैंडाज – Nepal Press
ब्लग

डाँफेज एन्ड गैंडाज

इन्भेन्शन र डिस्कभर । बारम्बार सुनिइरहने यी दुई अंग्रेजी शब्द नेपाली भाषाका नेपाली शब्द झैं भैसके, जल्ले नि बुझ्छ । डिस्कभर वा इन्भेन्ट दुवैको अर्थ पत्ता लगाउनु । खासगरी इन्भेन्टको नेपाली शब्द आविष्कार भन्ने गरिए पनि दुवै शब्दलाई उही रुपले, उही अवस्थामा पर्यायबाची शब्द झैं प्रयोग गरेको पाइन्छ । हामीले पढ्यौं- द क्युरिज डिस्कभर्ड रेडियम । जेम्स वाट इन्भेन्टेड स्टीम इन्जिन । हेर्दा दुवै एकै झैं लाग्छ । दुवैथरीले नयाँ चिज पत्ता लगाएका हुन् । क्युरी दम्पतीले फलामको धाउ पगालेर नयाँ वस्तु निकाले, जसले अत्यधिक रे दिने भएकाले ल्याटिन शब्द रेडियससँग मिल्ने गरी रेडियम नाम राखे ।

त्यस्तै जेम्स वाटले बाफको शक्ति प्रयोग गरेर बास्प इन्जिन बनाए । पहिले बाफबाट चल्ने त्यस्तो कुनै संरचना वा वस्तु सृष्टिमा थिएन । जेम्स वाटले बनाए । त्यसपछि मात्र दुनियाले देखे, सबैको ज्ञानमा आयो । अर्थात उनले नयाँ संरचना सृजना गरे । यो इन्भेन्शन हो । जुन वस्तु यो प्रकृतिमा पहिलेदेखि नै थियो, तर मानिसलाई थाहा थिएन र पहिलो पटक कसैले थाहा पायो । त्यो डिस्कभरी हो । जस्तोः कोलम्बस डिस्कभर्ड अमेरिका । कोलम्बसले अमेरिका पत्ता लगाए । यसो भन्नुको अर्थ कोलम्बस अमेरिका पुगेपछि मात्र अमेरिका उत्पत्ति भएको होइन । अमेरिका पहिलेदेखि नै त्यहाँ थियो । यत्ति हो कि बाहिरबाट गएका कोलम्बसले पहिले यो देखे, भेटे र विश्वलाई यसबारे सुनाए । डिस्कभरी र इन्भेन्शनको भेद यो हो ।

कुनै पनि वस्तु अन्यत्र कतै पाइँदैन भने त्यो वस्तुलाई स्थानीयले जे बोल्छन्, त्यही युनिभर्सल हुन्छ । स्थानीयमात्र होइन बाह्य जगतले पनि त्यही बोल्नुपर्छ । यो विश्वको प्रचलन हो ।

अब फर्कौं हाम्रो आफ्नै परिवेश । नेपाल कसले पत्ता लगायो ? काठमाडौं ? स्वयम्भू ? यी सबै यही थिए । सबैलाई थाहा थियो, कसैले पत्ता लगाउनु परेन । त्यस्तै सगरमाथा ? कसले पत्ता लगायो ? के सगरमाथा कसैले डिस्कभर गरेको हो ? होइन । सगरमाथा पनि यही थियो सदियौंदेखि । स्थानीयले यसलाई चोमोलोंमा भन्थे । पछि सन् १८५२ मा बृटिश सर्भे टोलीले यो नै विश्वको सबैभन्दा अग्लो चुचुरो हो भनेर घोषणा ग¥यो । त्यही सर्भे टोलीका जनरल सर जर्ज एभरेस्टको सम्मानार्थ बृटिशहरुले सगरमाथालाई माउन्ट एभरेस्ट नाम दिएका हुन् । पछि हामी नेपालीले पनि सगरमाथा भन्नुभन्दा माउन्ट एभरेस्ट भन्नुमा आफूलाई आधुनिक ठान्न थाल्यौं । खास हामीले भन्नुपर्ने सगरमाथा नै हो । यो हाम्रो भाषा, हाम्रो शब्द हो । हाम्रो मौलिकता हो । अरुले दिएका नाम र शब्दको पछि हामीलाई लाग्नुछैन ।

गत हप्ता प्रधानमन्त्री ओलीले अमेरिकामा एउटा कार्यक्रममा एक प्रसंगमा नेपालका डाँफेज, गैंडाज शब्द प्रयोग गर्नुभो । यता बुज्रुकहरु हाँसे । उनीहरुले खिसी गरे- हाम्रो प्रमको इंगलिस खत्तम । सायद उनीहरुले गैंडालाई राइनोशर र डाँफेलाई हिमालयन मोनाल भन्नुपर्थ्यो भन्ने ठानेर होला । खासमा यी दुबै नेपालमा मात्र पाइन्छन् । कुनै पनि वस्तु अन्यत्र कतै पाइँदैन भने त्यो वस्तुलाई स्थानीयले जे बोल्छन्, त्यही युनिभर्सल हुन्छ । स्थानीयमात्र होइन बाह्य जगतले पनि त्यही बोल्नुपर्छ । यो विश्वको प्रचलन हो । यीमात्र होइनन्, नेपालका अन्य धेरै मौलिक वस्तु छन् । तिनको नेपाली नाम छ । अरु कसैले आविष्कार गरेका वा पत्ता लगाएका होइनन् । त्यसैले भनौं गर्वसाथ- दियर आर डाँफेज इन हिमालयज एन्ड गैंडाज इन चितवन ।


प्रतिक्रिया

One thought on “डाँफेज एन्ड गैंडाज

  1. थ्व हे खँ नेवाःतयगु थायबाय व संस्कृतिक शब्दय् नं लागु याःसा गुलि ज्यू नि । मखु ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *