च्याम्पियन्स लिग : इङ्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटी विजयी – Nepal Press

च्याम्पियन्स लिग : इङ्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटी विजयी

हेटौँडा । युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब आर्सनलले फ्रेन्च कप पीएसजीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा आर्सनलले पीएसजीलाई २–० गोलले पराजित गरेको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको २० औँ मिनेटमा आर्सनलको लागि काई आर्वटजले गोल गर्दै आर्सनललाई पहिलो अग्रता दिलाए । दोस्रो गोल पनि पहिलो हाफको ३५ औँ मिनेटमा बुकायो साकाले गरेपछि आर्सनल २–० ले विजयी बन्यो ।

लिगको पहिलो खेलमा एटलान्टासँग बराबरी खेलेको आर्सनलले यो जितसँगै ४ अंक हासिल गर्दै लिगको ८ औँ स्थानमा उक्लँदा पराजित पीएसजी ३ अंक सहित १८ औँ स्थानमा उक्लिएको छ ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले स्लोभन ब्राटिस्लाभालाई ४–० ले पराजित गर्न सफल बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर