पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा – Nepal Press

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी राष्ट्रिय टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । एक वर्षभित्र उनले दोस्रो पटक कप्तानी परित्याग गरेका हुन् ।

कप्तानीको बोझले गर्दा आफ्नो ब्याटिङमा केन्द्रित हुन नपाएको बाबरको तर्क छ । सामाजिक सञ्जालमा एक्समा एउटा पोस्ट गर्दै उनले गत महिना नै आफूले पाकिस्तानी क्रिकेट बोर्डलाई ह्वाइट बल कप्तानी (२० ओभर र एकदिवसीय) छोड्ने निर्णयबारे जानकारी गराइसकेको बताएका छन् ।

‘मैले कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु,’ विज्ञप्तिमा बाबरले भनेका छन्, ‘यो टिमलाई नेतृत्व गर्न पाउनु एउटा सम्मान थियो । अब मेरो खेलाडी भूमिकामा न्याय गर्न चाहन्छु । कप्तानीले मलाई अतिरिक्त बोझ थपिएको थियो ।’

बाबर करिब ६ महिना अगाडि मात्र पाकिस्तानको एक दिवसीय र टी-२० कप्तानमा पुनः नियुक्त भएका थिए । यसअघि भारतमा भएको एक दिवसीय विश्वकपमा टिमको खराब प्रदर्शनका कारण सबै फर्म्याटको कप्तानी त्यागेका थिए । त्यसपश्चात् टी-२० र एक दिवसीय कप्तानको जिम्मेवारी साइन अफ्रिदीलाई दिइएको थियो । चार महिनापछि फेरि साइनलाई हटाएर बाबरलाई नै कप्तान बनाइयो । अहिले खराब फर्मबाट गुज्रिरहेकाले बाबरलाई कप्तानी त्याग्न दबाब बढेको थियो ।

बाबरको राजीनामालाई दिएर पाकिस्तानी क्रिकेट बोर्डले कुनै पनि प्रतिक्रिया दिएको छैन । पाकिस्तानले अर्को महिना अष्ट्रेलिया भ्रमण गर्दैछ, जहाँ तीन टी-२० र तीन एक दिवसीय म्याच खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *