काभ्रेका विभिन्न ठाउँबाट एपीएफले गर्‍यो साढे ८ हजारभन्दा बढीको उद्धार – Nepal Press

काभ्रेका विभिन्न ठाउँबाट एपीएफले गर्‍यो साढे ८ हजारभन्दा बढीको उद्धार

काठमाडौं । बाढीपहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदा रोशीलगायत काभ्रेका विभिन्न ठाउँबाट ४ दिनमा एपीएफले साढे ८ हजार बढीको उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) नम्बर १५ गण हेडक्वार्टर काभ्रे र अन्तर्गतका युनिटबाट एसपी प्रेम प्रसाईँसहित ६८७ जना खोज तथा उद्धारमा परिचालन गरिएको सूचना अधिकारी डीएसपी लीलाबहादुर कार्कीले बताए ।

एपीएपफको रिभर क्रसिङ्ग रोप रेस्क्यू टीमले ३ सय जना उद्धार गरेको छ । त्यस्तै सवारी साधनबाट ८ हजार १७१ जनाको उद्धार गरिएको छ । सेनाको हेलिकप्टरद्वारा संयुक्त रूपमा ७४५ जनाको सकुशल उद्धार गरिएको छ ।

मण्डनपुर, पाँचखाल र रोशी क्षेत्रमा बाढीपहिरो, डुबानबाट प्रभावित साथै विभिन्न सडकमा फसेका यात्रीहरूलाई अन्य सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य गरिएको थियो ।

३ दिनको झरीका कारण आएको बाढीपहिरोले सबैभन्दा बढी मानवीय क्षति काभ्रेमा भएको छ । यहाँ ६७ जनाको मृत्यु, ७१ जना घाइते र ८ जना बेपत्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर