सेयर बजारको उत्साह एक दिन पनि टिकेन, बजार २५ सयमा झर्‍याे नेप्से – Nepal Press

सेयर बजारको उत्साह एक दिन पनि टिकेन, बजार २५ सयमा झर्‍याे नेप्से

काठमाडौं । मंगलबार सेयर बजारमा देखिएको उत्साह एक दिन पनि टिकेन । बुधबार बजार २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । बुधबार ६ अर्ब ७७ करोड बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिन साढे ७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । घटेको बजारमा थ्रि स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ३१० कम्पनी सामेल भएको आजको कारोबारमा फाइनान्स बाहेक सबै समुह ओरालो लागेको छ ।

आज नेपाल फाइनान्सको मात्र २० करोड ७१ लाख ५५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा हिमालयन रिइन्सुरेन्स रहेको छ । यसको १७ करोड ३१ लाख ७९ हजार बढीको सेयर कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर