विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन – Nepal Press

विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन

काठमाडौं । त्रिभुवन अन्र्तरािष्ट्रय विमानस्थलको पार्किङ शुल्क उठाउने जिम्मेवारी नयाँ कम्पनीलाई दिनका लागि खुलाइएको ठेक्का आह्वानमा एउटा पनि आवेदन परेको छैन । विमानस्थलमा भएको पार्किङ शुल्क उठाउने ठेक्काको म्याद सकिएपछि भदौ १४ गते विमानस्थल कार्यालयले नयाँ ठेक्का आह्वान गरेको थियो ।

३० दिनको समय दिएर आह्वान गरिएको ठेक्कामा एउटा पनि आवेदन नपरेपछि पुन ठेक्का आह्वान गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । असोृज १६ गते (आज) आह्वान गरिएको ठेक्काका लागि ३० दिनभित्र आवेदन दिनुपर्नेछ । ठेक्का लिन चाहनेले न्यूनतम ३३ करोड ३० लाख रुपैयाँसम्म कबोल गरेको हुनपर्नेछ । ठेक्का अवधि तीन वर्षको हुनेछ ।

यो ठेक्का रकम हरेक २ वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ । सिद्धगढी मारुती जेभीको ठेक्का अवधि यही भदौ ११ मा सकिएपछि नयाँ ठेक्का प्रक्रियाको आह्वान भइरहेपनि अहिले उसैले पार्किङ शुल्क उठाइरहेको छ । नयाँ ठेक्काको रकममा सिद्धगढीले शुल्क उठाइरहेको विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर