अख्तियारका पदाधिकारीले ७ दिनको पारिश्रमिक विपद् प्रभावितलाई दिने, कर्मचारीको पदअनुसार फरक-फरक – Nepal Press

अख्तियारका पदाधिकारीले ७ दिनको पारिश्रमिक विपद् प्रभावितलाई दिने, कर्मचारीको पदअनुसार फरक-फरक

काठमाडौं । बाढीपहिरोबाट पीडित नागरिकको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले ७ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

बाढी तथा पहिरो पीडितका लागि आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्त किशारकुमार सिलवाल, जयबहादुर चन्द, हरिप्रसाद पौडेल र सुमित्रा श्रेष्ठले ७ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने आयोगले निर्णय गरेको हो ।

आयोगले आयोगका सचिव घनश्याम उपाध्यायले ५ दिनको, आयोग तथा अन्तरगतका निकायमा कार्यरत सहसचिव र उपसचिवस्तरका कर्मचारीको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीको दुई दिन र अन्य कर्मचारीको एक दिनको तलब बरबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

आयोगले अविरल वर्षाको कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानमा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर