सहकारी मन्त्रालयले चालु वर्ष ६० वटा काम गर्ने, भूमि आयोग गठन पहिलो प्राथमिकता – Nepal Press

सहकारी मन्त्रालयले चालु वर्ष ६० वटा काम गर्ने, भूमि आयोग गठन पहिलो प्राथमिकता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसँग बुधवार कार्यसम्पादन सम्झौता गरेका छन् ।

२७ भदौमा मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए । सोही सम्झौता पालना गर्न मन्त्रालयभिकै कर्मचारीको पनि कार्यसम्पादन सम्झौता गरिएको हो ।

चालु आर्थिक वर्षभित्र भूमि व्यवस्था, सहकारी र गरिवी निवारण क्षेत्रका ६० वटा महत्वपुर्ण कामहरु सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।

मन्त्रालय मातहतका सह—सचिव र विभागीय प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामुहिक प्रयासबाट सम्भव हुने भएकाले आ–आफनो तहबाट जिम्मेवार, पारदर्शी र नतिजामुखी भएर काम गर्न निर्देशन दिए । योजनाहरु बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाई छ ।

सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै विषय कार्यान्वयनमा आफु प्रतिवद्ध रहेको उल्लेख गर्दै भूमि आयोग गठन गरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको ब्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरु क्रमिक रुपमा समाधान गर्ने र गरिवी निवारणका क्षेत्रमा आसा जगाउने गरी काम गर्ने सचिव पोख्रेलको भनाई छ ।

सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयहरु कार्यान्वयनमा लैजानका लागि सम्बधित महाशाखा र विभागसँग पनि आफुले कार्यसम्पादन सम्झौता गरि निरन्तर पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर