यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, यस्तो छ अमेरिकी दूतावासको सुझाव – Nepal Press

यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, यस्तो छ अमेरिकी दूतावासको सुझाव

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार राति पौन १० बजेबाट खुल्ने जानकारी दिएको छ ।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै डिभी चिठ्ठा भर्ने कार्यक्रम नोभेम्बर ५ तारिखसम्म रहने जनाएको छ ।

दूतावासले डिभी कार्यक्रमबाट निष्पक्ष छनौट हुने र एक व्यक्तिले एउटामात्र आवेदन बुझाउन आग्रह गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरु डीभीका लागि अयोग्य हुने समेत दूतावासले प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर